अक्षय कुमारको गुड न्यूज (Good Newz) रिलीजले सलमानको ‘दबंग ३’ लाई असर गरेन
Investopaper, पौष १२, २०७६-
अक्षयको फिल्म Good Newz गएको शुक्रवार रिलिज भयो र यस फिल्मलाई कृटिक्सहरुले ४ इस्टार संगै राम्रो प्रतिकृया दिएका छन्। चलचित्रले २५ देखि ३५ प्रतिशतको ओपनिङ गरेको भारतीय मिडियाले जनाएका छन् । अक्षयको चलचित्रले पहिलो दिन १४ करोडको कमाइ गरेको छ भने ‘दबंग ३’ ले १९ करोड गरेको थियो। यस संगै अक्षयको फिल्मले दिस्रो दिन २१ करोडको व्यापार गरेको छ। सुपरस्टार सलमान खानको ‘दबंग ३’ रिलिज चलचित्रले एक सातामै १४२ करोडको कमाई संगै हिट साबित भएको छ। Good Newz को रिभियू र राम्रो रेटिङका बावजुत सल्लु भाईको दबंङले गति लिदै। ‘गुड न्यूज’को दोस्रो दिनको व्यापार हेर्दा दबंङलाई आउने दिनमा ठूलो धक्कापर्ने समिक्षकले जनाएका छन्।
चलचित्र “गुडन्यूज”लाई समिक्षकले अक्षयको उत्कृष्ट कमेडी चलचित्रको प्रतिक्रिया दिदै आउदा दिनमा यसले कस्तो गर्छ यसका लागि केही दिन पर्खनै पर्ने बताएका छन्।
