अनुमति पत्रबिना इन्टरनेट सेवा सञ्चालन नगर्न प्राधिकरणको आग्रह

इन्भेष्टाेपेपर ।  जेठ २६, २०७९

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति पत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । 

प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमति पत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।

पछिल्ला केही दिनयता कानूनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ । 

अनुमति बिना नै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानूनबमोजिम कारबाही गर्ने जनाउँदै प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानूनीरूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत अनुरोध गरेको छ । रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *