अन्तरजातीय प्रेममा आधारित ‘धड्किरहन्छ मुटुभरी’ सार्वजनिक (भिडियाेसहित)
इन्भेष्टाेपेपर । माघ १४, २०७७
काठमाडौं — नवादित गायिका मेलीना राईको स्वरमा ‘धड्किरहन्छ मुटुभरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा दिपेन्द्रनाथ शर्माको शब्दहरू रहेका छन भने कन्काइष्ट राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ ।
मर्मस्पर्शी शैलिको यस गीतको भिडियोमा नायिका वर्षा राउत र मोडल कुङसाङ बम्जनको अभिनय रहेको छ । त्यसैगरि भिडियोको छायाँकनमा बुद्व थापा, सम्पादनमा बिकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन ।
भिडियोमा अन्तरजातिय माया प्रेम र्दशाइएको छ भने यसका विराेधीहरूले प्रेम छुटाउन हदैसम्मकाे करतुत गरेकाे देख्न सकिन्छ । यस गीतमा एउटा दलित केटाले खान्दानी केटीलाई समाजबाट विवाह गरेर भगाएर लगेको देख्न सकिन्छ । एक अर्काले आफ्नो माया पाउन संघर्ष गरे आफ्नो छुटै संसार बनाएका छन् ।
युवापुस्ताको प्रेम भावलाई प्रस्तुत गरेर तयार गरिएको गीतको भिडियोलाइ यस गीतका संगीतकार कन्काइष्ट राईको अफिसियल च्यानलमा अपलोड गरिएको छ ।
