अभिनेत्री करिश्मा मानन्धरलाई “महानायिका” काे उपाधि
इन्भेष्टाेपेपर । माघ २७ २०७७
चर्चित नेपाली कलाकार करिश्मा मानन्धरलाई महानायिकाको उपाधि प्राप्त भएको छ । आरके इन्टरटेनमेन्ट ग्रुपले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा अभिनेत्री करिश्मालाई महानायिका उपाधिबाट सम्मान दिएको हो। उनलाई महानायक राजेश हमालले “महानायिका” लेखिएको स्यास पहिराइदिएका थिए।
बि सं २०४२ मा फिल्म ‘सन्तान’बाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी नायिकाले झन्डै तीन दशक फिल्म क्षेत्रमा सक्रिय चर्चीत छिन् । मायालुु, कस्तुरीु, ट्रक ड्राइभरु, पन्छीु, साथीु, बसन्ती आदि उनका चर्चित फिल्म हुन्।
‘म एक कलाकार हुँ। यसलाई मैले अरू कलाकारहरूले मलाई गरेको सम्मानको रुपमा लिएकी छु,’ करिश्माले सम्मान पाएपछि भनेकी छन्, ‘म जे छु त्यसलाई आत्मसात गरेर सम्मान गर्नुभयो। त्यसमा खुशी छु।’
कार्यक्रममा करिश्मा जस्तोसुकै परिस्थितिमा पनि आफू सिनेमाबाट टाढा नहुने बताइन्। ‘नमरुन्जेल पर्दामा आइरहने प्रक्रिया जारी नै हुनेछ,’ उनले भनिन्। आरके इन्टरटेनमेन्ट ग्रुपले एघार वर्षअघि, आफ्नो नवौं वार्षिकोत्सवमा अभिनेता राजेश हमाललाई महानायकको उपाधिबाट सम्मान गरेको थियो।
