आइएमई लाइफइन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा मनिषा कोइराला
इन्भेष्टाेपेपर । पुष २७, २०७७
आई.एम.ई. लाइफइन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा नायिका मनिषा कोइराला नियुक्त हुनुभएकाे छ । यस सँगै अब कोइरालाआई.एम.ई. लाइफ जीबनबीमाको ब्राण्ड दुतको भुमिकामा रहनुहुनेछ । कम्पनीका प्रमुखकार्यकारी अधिकृत कवि फुयाँल र नायिकामनिषा कोइरालाले हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका वीच सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
अग्रणी एवं जीवन्त सेलिब्रेटी कोइरालाले आई.एम.ई. लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नुहुनेछ । हस्ताक्षर कार्यक्रममा नायिका कोइरालाले मानब जगतमा जीवनबीमाको निक्कै ठूलो महत्त्व रहेको औंल्याउँदै नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरि देशैभरि छरिएर रहेको पुँजिलाई एकिकृत गरि राष्ट्र निर्माणमा टेवा पुर्याउने अवधारण बोकेको आई.एम.ई. लाइफसँग साझेदारी गर्न पाउँदाखुसि रहेको कुरा बताउनुभयो । साथै, कम्पनीको उत्तरोत्तर प्रगतिमाआफुले उत्कृष्ट भुमिकानिर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोइरालासँगको सहकार्य घोषणा गर्दै आई.एम.ई. लाइफका प्रमुख कार्यकारी अधिकृत फुयाँलले भन्नुभयो “मनिषा कोइरालासँग सहकार्य गर्न पाउँदाहामी धेरै उत्साहित छौं । उहाँदृढ विश्वासी, क्षमतावान, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएको तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो । आई.एम.ई. लाइफ परिवारमा उहाँलाई स्वागतगर्न पाउँदा हामी खुसी छौं ।”
देश भरका जनताहरुमा जीवन बीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरुको विश्वास लिन सहयोग पु¥याउने कुरा कम्पनीले जनाएको छ । कम्पनीले यो सम्झौता २०७७पौष २४ गतेबाट लागु हुनेगरी हस्ताक्षर गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिनुभएको छ ।
त्यसैगरि डिजिटल प्रविधि मार्फत सेवा उपलब्ध गर्ने क्रममा आजकै मितिबाट “IME साथ bot” नामबाट विश्वका कुनै पनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सकिने गरि निर्माण गरिएको Chatbot प्रणालिको औपचारिक रुपमा संचालनमा ल्याएको फुयाँलले जानकारी दिनुभयो ।
