आज एभरेष्ट इन्सुरेन्सको ३०० प्रतिशत हकप्रद खुल्दै भने मेरो लघुबित्तको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन।

आज जेष्ठ १४, २०७६ गते बाट एभरेष्ट इन्सुरेन्सको हकप्रद शेयरमा आवेदन दिन खुल्ला गरिएको छ। एभरेष्टले जम्मा ८.२२ लाख कित्ता हकप्रद शेयर १ः३ को अनुपातमा कम्पनीका शेयरधनीलाई जारी गरेको छ । यदि तपाई सँग एभरेष्टको शेयर छ भने ३०० प्रतिशत हकप्रद भर्ने अन्तिम मिति असार १६, २०७६ रहेको छ।

कम्पनीको बुकक्लोज बैशाख ९,२०७६ भएको कारण ८ गते सम्म एभरेष्टको शेयर किनेका शेयरधनीले मात्र ३०० प्रतिशत हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद निष्काशनको बिक्री प्रवन्धक सिद्धार्ध क्पापिटल रहेको छ।

यस्तै मेरो माइक्रोफाइनान्सले जेठ ७ गते देखि बोलपत्र पेश गर्न खुल्ला गरेको २.०९ लाख कित्ता लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। यदि तपाई ईच्छुक हुनुहुन्छ भने ग्लोबल आईएमई क्यापिटलमा गएर फारम भरेर आवेदन दिन सक्नुहुनेछ। बिस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।

माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड १८ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *