आज सुनचाँदीको मूल्यमा ह्रासः कारण के रहेछ त ?
Investopaper, श्रावण २९, २०७६
आज (साउन २९ गते, २०७६) बुधबारका दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा महिनाै दिनसम्मकाे लगातार बृद्धीपछि एकाएक ह्रास आएकाे छ । दैनिक बढेर नयाँ उचाइमा पुगेको मूल्यमा ब्रेक लागेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुघवार छापावला सुनको मूल्य ७००।- रूपैयाले घटेर प्रति ताेला ७० हजार ३ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे मंगलबार छापावाल सुन प्रतिताेला ७१ हजार तथा तेजावी सुन ७० हजार ७ सयमा काराेवार भएकाे थियाे ।
त्यसैगरी सुनको मूल्य संगसंगै चाँदीको मूल्य पनि प्रति ताेला १५ रूपैयाले घटेर ८२०।- मा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्यमा पनि प्रतितोला ८३५ रुपैयाँ कायम भै नयाँ उचाइमा पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन बुधबार प्रति औँस १५ सय डलर छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपालमा पनि केही कम भएको हो । अमेरिकाले चिनियाँ सामानमा आउँदो महिनादेखि बढाउने भनेको कर कार्यान्वयनमा ढिलाइ गर्ने भएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ केही घटेको महासंघले जनाएको छ ।
