आज १२.१५ बजे ओली र मोदी द्वारा पेट्राेलियम पाइपलाइनको संयुक्त उद्‍घाटन

Investopaper, भाद्र २४, २०७६

दक्षिण एसियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन आज (मंगलबार) हुँदैछ। मंगलबार दिनको ठिक १२ बजेर १५ मिनेटमा उद्घाटन कार्यक्रम तय भएको छ। पाइपलाइनको शिलन्यास जस्तै उदघाटन पनि नविनतम प्रविधि प्रयाेग मार्फत गर्न लागिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीको हैदरावाद हाउसबाट र नेपालका प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट रिमोटको बटन एकै समयमा थिचेर पाइपलाइन उद्घाट्न गर्ने कार्यक्रम तय भएको छ।

उक्त उद्घाटन समाराेहकाे अमेलेखगंजमा रहेकाे स्क्रिनमा प्रत्यक्ष देख्न सकिने ब्यवस्था मिलाइएकाे छ । उद्घाटनका लागि नेपाल आयल निगमको अमलेखगञ्जस्थित क्षेत्रीय डिपो कार्यालयले सम्पूर्ण तयारी सम्पन्न गरेको छ। उद्घाटन पश्चात यो पाइपलाइनबाट पहिलो चरणमा डिजेल आपूर्ति गरिनेछ।

उद्घाटनका लागि भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीले एकै समयमा रिमोट थिच्नेछन्। त्यो रिमोटको सेन्सरले कम्प्युटरको सेन्सरलाई समात्नेछ। यसरी कम्प्युटरले सेन्सरको सहयोगमा मोदीको रिमोट थिचाईले भारतको मोतिहारीस्थित पाइपलाइनको मुख्य सप्लाईको भल्ब खुल्नेछ। यसपछि नेपालका प्रधानमन्त्री ओलीको रिमोटको थिचाईले अमलेखगञ्जस्थित डिपोको युनिटको भल्ब खुलेर डिपोमा इन्धन खसालिनेछ।

यो कार्यक्रममा सहभागी हुन इण्डियन आयल कर्पोरेशन (आईओसी) का चिफ जेनरल म्यानेजरसहितका अधिकारी अमलेखगञ्ज आइपुगेका छन्। यसैगरि नेपाल आयल निगमका विभागीय प्रमुख, डिपो प्रमुखहरू पनि अमलेखगञ्ज आइपुगेकाे जनाइएकाे छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *