आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

इन्भेष्टोपेपर ।  जेष्ठ  २५, २०७७

पर्सा । स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । बन्दाबन्दीलाई खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय पर्साले जोरबिजोर पद्धतिमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्न अनुमति दिएपछि वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको हो । समाजिक दूरीलाई कायम राख्दै कपडा, बिजुली, इलेक्ट्रोनिक्स, खाद्यान्नलगायतका पसल सञ्चालनमा आएपछि वीरगञ्जका व्यापारी र उपभोक्ता दुवै खुशी भएका छन् ।

कोरोना भाइरसबाट सङ्क्रमित फेला पर्ने क्रम जिल्लामा कम भएपछि लकडाउनलाई खुकुलो बनाउँदै जोरबिजोर पद्धतिमा पसल सञ्चालन गर्न अनुमति प्रदान गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँले कोरोनाका कारण अवरुद्ध भएको आर्थिक गतिविधि बजार खुलेसँग विस्तारै सहज हँुदै जाने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सर्वाजनिक तथा निजी सवारीका साधन सञ्चालनमा रोक लगाउँदै मास्कको प्रयोगलाई पर्सामा अनिवार्य नै राखिएको बताउनुभयो । सहज परिस्थितिमा सरसामान खरिदका लागि बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुरबाट समेत उपभोक्ता वीरगञ्ज बजारमा आउने गरेका छन् । जिल्लामा रहेको औषधि, किराना तथा दूध, तरकारीलगायतका उपाभोग्य वस्तुको पसल निर्वाधरूपमा सञ्चालन गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ । (रासस) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *