इन्स्पेक्टरलाई डेढ लाख घुस दिन खाेज्ने २ जना पक्राउ
इन्भेष्टोपेपर । असार २९, २०७७
काठमाडौ । लागूऔषध मुद्दाका अभियुक्त छुटाउन भन्दै कार्यकक्षमै गएर इन्स्पेक्टरलाई डेढ लाख रुपैयाँ घुस दिने दुई जना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक दिनेश रिमाललाई घुस दिने घोराही उपमहानगरपालिका १८ सुपौलीका २७ वर्षका गोविन्द शाह र प्युठान घर भई लमही बजार बस्ने ३० वर्षका समीर भण्डारीलाई प्रहरीले पैसासहित पक्राउ गरेर थुनामा राखेको छ ।
ब्राउन सुगरसहित पक्राउ परेका सागर केसी भन्ने दुर्गाराम खत्रीको मुद्दा मिलाउन भन्दै ती व्यक्तिहरू डेढ लाख लिएर इन्स्पेक्टरको कार्यकक्षमा पुगेका थिए । उनीहरुविरुद्ध कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
