इराकले देश छोड्न भने लगतै अमेरिकी सेना फिर्ता नहुने अमेरिकी रक्षामन्त्रीको भनाइ
Investopaper,पौष २२, २०७६-
गत हप्ता शुक्रवार अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा इरानी सहायक प्रमुख वरिष्ठ इरानी सैन्य नेता कासिम सुलेमानीलाई बग्दादमा मारिएका थिए। उक्त घटनापश्चात् मध्यपूर्व क्षेत्रमा तनाव बढेको छ। २०१६ मा अमेरिकी राष्ट्रपति भए देखि इरान प्रर्ति कठोर बन्दै आएको छ।
एक दिन अघि सोमवार इरानलाई समर्थन गर्दै इरानी प्रभावशाली नेता सुलेमानी र इराकका पूर्व सहायक प्रमुख मारिएपछि मध्यपूर्वमा तनाब बढेको र इराकको संसद्ले अमेरिकी सेनालाई देश छोड्न आह्वान गर्दै एउटा प्रस्ताव पारित गरेको केहि समयमै अमेरिकी रक्षामन्त्रीले इराकबाट अमेरिकी सेना फिर्ता नहुने जनाएका छन्।

घटनाक्रम बढ्दै जादा एक जना अमेरिकी सैन्य जेनेरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् अमेरिकी रक्षामन्त्रीले इराकबाट अहिलै फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पारेका छन्। इराकी संसद्ले इराकबाट अमेरिकी सेनालाई देश छोड्न भनेपछि उक्त पत्र लेखिएको थियो। अमेरिकी रक्षामन्त्रीले पत्रबारे प्रस्ट पार्दै उक्त पत्र “अहिले अमेरिकाले राखिरहेको अडान र मागसँग नमिल्ने” बताएका छन्।
अमेरिकी सेनालाई देश निकाला गरिए इराकविरुद्ध कडा प्रतिबन्धः डोनल्ड ट्रम्प
मध्य पूर्वमा तनाब बढ्दै गएको अवस्थामा अमेरिकाको सेना फिर्तिबारे फरकफरक मत आइरहेको छ र इराक का प्रधानमन्त्रीले पनि इरकी संसदको कुरालाई समर्थन गरेका छन्। इरानले आफ्ना सैन्य जेनेरलको हत्याको बदला लिने बताइरहेको बेला अमेरिकी सेनाले आगामी दिनमा के गर्छ त्यो समयले बताउला ।
राष्ट्रपति ट्रम्पले चाहिँ इराकबाट आफ्नो सेना फिर्ता गर्नुपरेमा इराकमाथि कठोर र अहिले सम्मकै कडा प्रतिबन्ध लगाउने बताएका छन्।
के अमेरिका आफ्नो अडानमा रहन्छ त? के इरान र अमेरिकाको युद्धले तेस्रो विश्वयुद्ध निम्त्याउला त?
