एभरेष्ट बैंकद्वारा ग्लोबल मनि विक २०२५ कार्यक्रम सम्पन्न

न्भेष्टाेपेपर ।  चैत १२, २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंककाे संयोेजनमा बिगत वर्षहरु जस्तै यस वर्ष पनी एभरेष्ट बेैंकले यही चैत्र चार गतेदेखी सप्ताहव्यापी अभियान अन्तर्गत ग्लोबल मनि विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । 

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरु बिच वित्तीय साक्षरता सन्देश दिन सफल भयको छ । उक्त कार्यक्रममा केही विद्यार्थीहरुलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि जानकारी गराईएको छ ।

“Think before you follow, wise money tomorrow” भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना,  सुरक्षित डिजिटल कारोबार, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *