करोडौं भ्रष्टाचार : मालपोतको राजस्व लेखापालको खातामा

इन्भेष्टोपेपर । असार १६, २०७७

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरले राजस्वबाट उठेको रकम आफ्नो खातामा राखेको पाइएपछि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

कार्यालय प्रमुखको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भए पनि अख्तियारले भने लेखापालविरुद्ध मात्रै मुद्दा चलाएको छ । अख्तियारको अनुसन्धानमा मालपोत कार्यालयका लेखापाल ठाकुरले मालपोत कार्यालयमा उठेको राजस्व रकम कार्यालय प्रमुख मदनप्रसाद गुप्तासहितको संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको खुलेको हो ।

ठाकुरसँग तत्कालीन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ताको मिलेमतो रहेको पाइएको अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

२०६८ सालमा कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट नियुक्ति भएका उनले ९ वर्षमा ३ करोड १५ लाख ७५ हजार आर्जन गरेका छन् । यो सम्पत्तिमध्ये ३ करोड ४ लाख गैरकानुनी रूपमा आर्जन गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ । याे समाचार आजकाे राजधानी दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *