कामना सेवाको सञ्चालक समितिको DIGITAL बैठक

इन्भेष्टोपेपर । चैत्र २१, २०७६

कामना सेवा विकास बैंक लिमिटेडले चैत्र २० गतेका दिन विद्युतीय (Digital ) प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको २८९ औं बैठक सम्पन्न गरेको छ । बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक हो । नियमित बैैठकको अलावा हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न समेत यो डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष श्री सुदिप आचार्यले बताउनु भयो ।

बैंकले हालसालै आफ्नो नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमद्वारा भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । यो बैंकलाई डिजिटाइजेसन (Digitization) र अटोमेसनको (Automation) पायोनियर बनाउने लक्ष्यको कोसेढुङ्गोको रुपमा यस डिजिटल बैठकलाई लिएको बैंकका प्रमुख कार्याकारी अधिकृत श्री प्रविण बस्नेतले बताउनु भयो । २०७६ साल गत कार्तिक २७ गते बैंकको वार्षिकोत्सव तथा भवन समुद्घाटन समारोहमा समेत माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूद्वारा एकै दिन ५० वटा शाखा डिजिटल अनावरण गरिएको थियो ।

आज सम्पन्न सञ्चालक समितिको बैठकले ग्राहक महानुभावहरुलाई थप सेवा सुविधा दिने बारे तथा देश लकडाउनमा परेका कारण पिडामा परेका गरिब तथा असहाय व्यक्ति तथा परिवारहरुको दैनिकी सञ्चालन तथा सहजीकरणको निमित्त वडा, गाउंपलिका तथा नगरपालिकाहरुसँग सहकार्य गर्दै अगाडि बढ्न बैंक व्यवस्थापनलाई निर्देशन समेत दिएको छ । यसै गरी मानिसहरुसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित जनावरहरुमा समेत खाने तथा पिउने पानीको समस्या परेको कुरा विभिन्न संचार माध्यमहरुद्वारा जानकारीमा आएको हुंदा सो सम्बन्धमा समेत सक्दो सहयोग गर्न बैंक व््यवस्थापनलाई निर्देशन गरेको बैंकका अध्यक्ष.श्री सुदिप आचार्यले जानकारी गराउनु भयो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *