कामना सेवा बैंकको सेवा विस्तार संगै प्रदेश ७ मा एकैसाथ २ वटा शाखा सञ्चालनमा

Investopaper,२०७६,फागुन,५-

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ७ अन्तर्गत  कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न. १, सुखड र कैलाली जिल्लाको, लम्कीचुहा नगरपालिका वडा नं. १, लम्कीमा यही फागुन ०५ गते एकैसाथ २ वटा  शाखा कार्यालय स्थापना गरि समुद्घाटन गरेको छ । यो सँगै अब बैंकको शाखा संख्या १२० पुगेका छन् ।  सुखड शाखाको समुद्घाटन घोडाघोडी नगरपालिकाका प्रमुख श्री ममता प्रसाद चौधरी र बैंकका अध्यक्ष  सुदीप आचार्यले संयुक्त रुपमा गर्नु भएको थियो ।

यसैगरी लम्की शाखाको लम्कीचुहा नगरपालिका  प्रमुख श्री महादेव बजगाई र बैंकका अध्यक्ष  सुदीप आचार्यले संयुक्त रुपमा गर्नु भएको थियो । 

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित १२० वटा शाखा कार्यालयहरु तथा ६२ वटा ATM मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking V5 लगाएतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *