कालो ओठलाई सुन्दर बनाउने चार घरेलु उपाय

Investopaper, असार १२, २०७६ 

अक्सर चुरोट पिउने महिला तथा पुरुषको ओठ कालो हुन्छ भनिन्छ। जे भएतापनि धेरैजना ओठ कालो हुनुको समाधान खोजिराखेका हुन्छन्। गुलाबी तथा सुन्दर बनाउने चाहना सवैमा हुन्छ। त्यस्तै, जाडोमा ओठ फुट्ने समस्या पनि उत्तिकै हुन्छ। यस्ता समस्याबाट छुटकारा पाउन यी घरेलु उपाय गर्न सकिन्छ ।

१.खाने सोडा

खाने सोडामा केही तेल मिलाउनुहोस् । अनि, ओठमा लगाएर १०–१५ मिनेटजति मल्नुहोस्।

२.चिनी

एक चम्चा चिनीमा आधा चम्चा मह मिसाएर ओठको मसाज गर्नुहोस्। दुई मिनेटपछि यसलाई मनतातो पानीले धुनुहोस् ।

३.मह

दुई चम्चा चिनीमा आधा चम्चा मह, वनिला एसेन्स र आधा चम्चा जैतुनको तेल मिलाउनुहोस् । केही बेरपछि ओठमा मसाज गर्नुहोस् । तपाईंको ओठ नरम हुनेछ।

४.जैतुनको तेल

एक चम्चा चिनीमा केही थोपा जैतुनको तेल मिसाएर लगाउनुहोस् । यसले ओठ फुटेको निको हुन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *