कृषि विकास बैंकले माईतिघर मण्डला संरक्षण गर्ने
इन्भेष्टोपेपर । चैत्र ०४, २०७६
कृषि विकास बैंक लि. र काठमाडौ महानगरपालिका विच माईतिघर मण्डला सुधारका लागि सम्झौता भएको छ । बैंकका का.मु.उपमहाप्रबन्धक श्री धुर्वचन्द्र गौतम र काठमाडौ महानगरपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत श्री राजेश्वर ज्ञवालीले सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो ।
सम्झौता अनुसार मण्डलामा बगैचा निर्माण गर्ने, वृक्षारोपण गर्ने, मौसम अनुसारका फूलका वोट एवं विरुवाहरु लगाउने, मर्मत संम्भार गर्ने हेरचाह, रेखदेख गर्ने तथा सौन्दर्यीकरण गर्ने कार्य बैंकले गर्ने छ । सम्भौता अवधी ५ वर्षको हुनेछ। यस अघि पनि बैंकले मण्डलाको संरक्षण तथा सौन्दर्यताका लागि उल्लेखनिय कार्यहरु गर्दै आएको थियो ।
