गजल : छिमेकीको पनि मद्दत सकियो
-- सजना वाईवा
जुन दिन बुबाको गोजी रित्तियो, बचत सकियो
त्यहि दिनदेखि छिमेकीको पनि मद्दत सकियो
लहै लहैमा खेलियो हिजो रहरमा खेलियो
त्यही रहरले जुवामा आज बिरासत सकियो
त्यहि दिनदेखि छिमेकीको पनि मद्दत सकियो
तिमीले अर्कैको सिउँदो रंगाएको देखेपछि त
लाग्यो अब आँखाको पनि जरुरत सकियो
त्यहि दिनदेखि छिमेकीको पनि मद्दत सकियो
आगोले आगो निभाउन सक्दैन बुझ्नुपर्छ
मौन छु नसोच्नु मेरो बोल्ने हिम्मत सकियो
त्यहि दिनदेखि छिमेकिको पनि मद्दत सकियो
जसले छोएको समेत खान नहुने सोँच राखियो
उसैले बचायो जव दुर्घटनामा रगत सकियो
जुन दिन बुबाको गोजी रित्तियो, बचत सकियो
त्यहि दिनदेखि छिमेकीको पनि मद्दत सकियो
