गायक प्रमोद खरेलको नयाँ गीत ‘उनको हात मेरो सिरानी’ सार्वजनिक
इन्भेष्टाेपेपर । माघ ०७, २०७७
गायक प्रमोद खरेलको स्वर र महेश खड्काको संगीत रहेको गीत‘उनको हात मेरो सिरानी सार्वजनिक’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार रमेश घिमिरेको शब्द रचना र महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा नायिकाहरु लक्ष्मी बर्देवा, दिना घिमिरे र गीतकार रमेश घिमिरेको नै अभिनय रहेको छ ।
प्रीसन्सा हाउस अफ प्रोडक्सनले निर्माण गरेको गीतको भिडियोलाई युवा निर्देशक प्रीन्स्पन कार्कीले निर्देशन गरेका हुन् भिडियोमा नरेश ऐरको सिनेमाटोग्राफी र नबिन निरौलाको सम्पादन रहेको छ।
