ग्लोबल आइएमई बैंकद्वारा क्यूआर मार्फत नगदरहित कारोबार प्रवर्द्धन

इन्भेष्टाेपेपर । माघ ०९, २०७७

ग्लोबल आइएमई बैंक लिमिटेडले नगद रहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोड मार्फत नगद रहित भुक्तानी प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलहरुमा क्यूआर कोड मार्फत नगद रहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

नगद रहित कारोवार प्रवर्द्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोड मार्फत हुने विद्युतीय कारोबार प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रमहरु गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्न थप कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ ।

साथै बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानी सम्बन्धी चेतनामुलक अनलाइन तालीमको सुरुवात पनि गरेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

बैंकले २६४ वटा शाखा, ४७ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २४०  एटिएम, २४४ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत) मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *