ग्लोबल आइएमई र जनता बैंकको एकिकृत काराेवारकाे लागि १९ गते सेवा बन्द हुने
मंसिर १८, २०७६
जनता बैंक र ग्लोबल आइएमई बैंकको मंसिर १९ गते सम्पूर्ण कारोबार बन्द हुने भएको छ । दुबै बैंक एक आपसमा गाभिएर मंसिर २० गतेदेखि एकिकृत कारोबार गर्ने हुनाले मंसिर १९ गते बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द गर्ने भएका हुन ।
मंसिर १८ गते साँझ ६ बजेदेखि मंसिर १९ गते राति १२ बजेसम्म बैंकका एटिएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ सेवा तथा इन्टरनेट बैकिङ सेवा समेत बन्द रहने बैंकले जनाएको छ ।


