घोडीघोडा लघुवित्तको शेयर कारोबार शुरूः ओपनिङ्ग रेञ्ज कति ?
Investopaper, भाद्र १८, २०७६
घोडीघोडा लघुवित्तको भदौ १८ गते बुधबारदेखि धितोपत्रको दोस्रो बजार (नेप्से) मा शेयर कारोबार खुला भएको छ। कम्पनीले मंगलबार दोस्रो बजारमा शेयर कारोबारको लागि
एक सय रुपैयाँ अंकित २ लाख ७६ हजार २५० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको थियो।
घोडीघोडा लघुवित्तको सुरुवाती कारोबारका लागि नेप्सेले न्यूनतम ७७ रुपैयाँ १ पैसा देखि अधिकतम २३१ रुपैयाँ ३ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यसैलाइ आधार मानेर बुधबारदेखि पहिलो कारोबार खुल्नेछ।
नेप्सेले लघुवित्तको पहिलो शेयर कारोबारका लागि जिजिबिएसएल (GGBSL) कारोबार संकेत प्रदान गरेको छ। बुधबारदेखि लघुवित्तको यहि संकेतमा कारोबार हुनेछ।
नेप्सेले हरेक कम्पनीलाई पहिलो कारोबरका लागि सो कम्पनीको प्रतिशेयर नेटवर्थलाई न्यूनतम कारोबार मूल्य र प्रतिशेयर नेटवर्थको तीन गुणासम्म अधिकतम ओपनिङ्ग रेञ्ज प्रदान गर्ने गरेको छ।
