छोटो अवधिमै थपिए २४ लाख इन्टरनेट प्रयोगकर्ता

Investopaper, माघ २१,२०७६-

काठमाडौं । नेपालमा प्रबिधिको विकास संगै इन्टरनेट होस् वा फोनमा आएका बिभिन्न सेवाले नेपाली समाजमा राम्रो फट्को मारेको छ। २०७६ वैशाखसम्म इन्टरनेट सस्क्राइबरको संख्या  १ करोड ८६ लाख रहेकोमा थप ६ महिना अवधिमै २४ लाख २१ हजारभन्दा बढी इन्टरनेट ‘सस्क्राइबर’ थपिए संगै २ करोड ११ लाखभन्दा बढि पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यो आकडालाई हेर्ने हो भने नेपालमा लगभग ७२% जनतामा इन्टरनटको पहुँच पुगेको प्राधिकरणले जनाएको छ। तर केही संस्थाहरु वा व्यक्तिहरुले दोहोरो रुपमा इन्टरनेट  सवा प्रयोग गर्ने भएकाले यो तथ्यांक केही कम हुन सक्ने जनाएको छ।

प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार इन्टरनेट फिक्स्ड ब्रोडब्यान्ड र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या उच्च दरमा बढिरहेको प्राधिकरणका प्रवक्ता निर्देशक तथा प्रवक्ता मिनप्रसाद आर्याल बताउँछन् ।

नेपाल टेलिकमले २जी र ३जीमा आफ्नो ब्रचस्व कायम गरेको छ भने फोरजी सेवामा एनसेलले टेलिकमभन्दा उच्च संख्यामा फोरजी ग्राहक बटुल्न सफल भएको छ।

विगत केहि वर्ष यता नेपालमा मोबाइल प्रयोग क्रताको बढे संगै इन्टरनेट वा मोबाइको व्यापारमा पनि उल्यख्य बृधि देखिइको छ र हालसम्म जनसंख्याको कुल अनुपातमा ५५.३९ प्रतिशतले मोबाइलमा र्इन्टरनेट चलाउँछन् जसमा नेपाल टेलिकमको थ्रीजी सेवामा ८२ लाखले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहेका छन् जुन सबै भन्दा धेरै छ। जनसंख्याको अनुपातमा १ करोड १४ लाखले थ्रीजी सेवा लिएका छन् जसमा एनसेलका थ्रीजी प्रयोगकर्ता गत वैशाखसम्म ४० लाख रहेको र गत वैशाखसम्म ६८ लाख रहेको टेलिमको थ्रीजी प्रयोगकर्ता अहिले ८२ लाख पुगेको हो ।

इन्टरनेटको उच्च प्रयोग कर्ता बढे संगै इन्टरनेट प्रदान गर्ने कंम्पनीहरुको सेवा विस्तारमा होड् बाजीनै चलेको छ। यसैगरी देशभर फोरजी इन्टरनेट सेवा विस्तार भएसंगै ४जि प्रयोग कर्ता ४७ लाख ९१ हजार रहेकोमा झण्डै ३७ लाख १३ हजार प्रयोगकर्ता एनसेलका रहेका छन् भने कात्तिकसम्म टेलिकमसँग जम्मा ८ लाख ३९ हजार मात्रै फोरजीका प्रयोगकर्ता रहेका छन्। स्रोतका अनुसार, एनसेलका थ्रीजीका प्रयोगकर्ताहरु फोरजीमा बदलिएकाले एनसेल अगाडी रहेको जनाएका छन्। पहिलोपटक आफैंले सेवा सुरु गरेको नेपाल टेलिकमले उपत्यका र पोखराबाहेकका क्षेत्रमा फोरजी सेवा विस्तारमा ढिलाइ गरेपछि एनसेलले टेलिकमभन्दा उच्च संख्यामा फोरजी ग्राहक बटुल्न सफल भएको छ ।

पछिल्लो समय टेलिकमले देशका ५९ शहरमा फोरजी विस्तार गरेकाले अहिले फोरजी प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको अनुमान गरिएको अर्यालले बताए । टेलिकमले देशका विभिन्न ५९ शहरमा फोरजी विस्तार गरेकाले नायाँ रिपोर्ट नआउदा सम्म आउदा दिनमा को अगाडी भन्न नसकिने अर्यालले बताए।

फिक्स्ड ब्रोडब्यान्डमा हाल इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरु अग्रपंक्तिमा छन् र आईएसपीहरुले ३४ लाख ७३ प्रयोगकर्ता बनाएका छन् भने नेपाल टेलिकमको एडीएसएल सेवा प्रयोग गर्नेको संख्या ९ लाख ९४ हजार छ र एफटीटीएच सेवामा जम्मा ५४ हजार ८ सय प्रयोगकर्ता आवद्ध छन् । स्रोतका अनुसार नेपालमाम ०.८० प्रतिशत जनसंख्याले ताररहितको फिक्स्ड इन्टरनेट लाइन प्रयोग गर्छन र दिन प्रतिदिन यसको प्रयोग बढ्दै गएको जनाएका छन्।

इन्टरनेट सेवा प्रदायकका अनुसार गणना गर्दा १ करोड ३ लाख प्रयोगकर्ता नेपाल टेलिकमसँग आवद्ध छन् जसले मोबाइल (टुजी, थ्रीजी र फोरजी)सहित एडीएसएल, एफटीटीएच, वाइम्याक्स र ई-भिडियोसहितको सेवा प्रदान गर्छ। यसैगरी थ्रीजी र फोरजी सेवा मात्रै दिइरहेको एनसेलसँग भने ६९ लाख २४ हजार इन्टरनेट प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमले पनि २ लाख ३८ हजारलाई मोबाइलबाटै फोरजी इन्टरनेट सेवा दिँदैछ । आईएसपीहरुले वाइफाइ र एफटीटीएच गरी ३५ लाख २८ हजार प्रयोगकर्ता बनाएका छन् ।

यो डाटलाई हेर्दा आउदा दिनमा अझ इन्टरनेट प्रदायकहरु बिच सेवा बिस्तारमा प्रतिस्पर्धा बढ्ने देखिन्छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *