जापानमा एकैदिनमा ३ हजारभन्दा बढी कोरोना संक्रमित

इन्भेष्टाेपेपर । मङ्सिर २८, २०७७ 

टाेकियाे । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ । जापानको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुसार यहाँ शनिबार एकै दिनमा कम्तीमा पनि ३ हजार जना संक्रमित थपिएका छन् ।

जापानको राजधानी टोकियोमा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको जानकारी गराइएको हो । सबैभन्दा बढी टोकियो र त्यसपछि अरु केही जिल्लामा यो संख्याका संक्रमित भेटिएका बताइएको छ । यो सँगै जापानमा अहिलेसम्म संक्रमण हुने व्यक्तिको संख्या ४६ हजारभन्दा बढी पुगेको छ । यहाँ शनिबार टोकियोमा ६२१ जना संक्रमित भेटिएका थिए ।

पछिल्लो समयमा यहाँ संक्रमितहरु बढ्दै गएपछि राजधानी टोकियोका होटल रेष्टुरेन्ट तथा बढी भिडभाड हुने स्थानहरुमा मानिसहरुको सार्वजनिक आवतजावत रोकिएको छ । यहाँको सरकारले आन्तरिक यातायात सेवा भने नरोक्ने जनाएको छ । (रासस / एएनआई)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *