जीवनमा सधै गोप्य राख्नुपर्ने ७ कुराहरु !
इन्भेष्टोपेपर । वैशाख ३१, २०७७
पूर्वीय दर्शनमा जीवनमा सँधै गोप्य राख्नु पर्ने केही कुराको चर्चा गरिएको छ । कतिपय कुराहरु हामीले अरुलाई सेयर नगर्नु नै राम्रो हुन्छ । हामीले यहा जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरुको बारेमा चर्चा गरेका छौं ।
१. रतिक्रिडा
जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि नभन्नुस् । कुनै स्त्री तथा पुरुषबीचको यौनिक क्रियाकलाप अरुसँग भनेर मजा लिने कुरा होइन । तपार्इंले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो नकारात्मक परिणाम ब्यहोर्नुपर्ने हुन सक्छ ।
२. घर परिवारको झगडा
परिवारमा झगडा हुनु सामान्य विषय हो ।
यस्तो कुरा सबैजसो घरमा हुन्छ ।
यस्ता विषयमा अरुलाई नभन्नुस् ।
परिवारको झगडा अरुले थाहा पाएमा गलत फाइदा
उठाउन सक्छन् ।
३. धन हानी
जीवनमा तपाइँलाई परेको आर्थिक नोक्शानीको विषयमा कसैलाई पनि भन्न हुँदैन् । मानिसहरुले तपाइको धन हानी हुँदा तपाइंसँग भएको धनबारे जानकारी पाउने मात्र होइन हानी भएका कारण तपाइंबाट टाढिने समेत खतरा समेत हुन्छ ।
४. दान
जीवनमा कसैलाई केही कुरा दिइएको छ भने
त्यो विषयमा अरुलाई भन्नुहुँदैन ।
दान धर्मको विषयमा अरुलाई भन्नु भो भने
यसको फल प्राप्त हुँदैन ।
५. मन्त्र
गुरुले दिएको मन्त्रलाई पनि गोप्य राख्न
पर्ने विषय मानिन्छ । मन्त्र कसैलाई पनि भन्नुहुँदैन किन भने मन्त्रमा शक्ति हुन्छ
।
६.अपमान
आफू अपमानित भएको कुरा कसैलाई
भन्नुहुँदैन । अपमानित भएको विषय अरुलाई भनियो भने तपार्इंको मजाक बनाएर खिल्ली
उडाउन सक्छन् ।
७. पद प्रतिष्ठा
पद प्रतिष्ठा प्राप्त भएपछि मानिसहरु
मात्तिने हुन्छन् । तर पद र प्रतिष्ठको विषयमा सकेसम्म गोप्यता कायम गर्नुस् ।
यी ७ कुरा जीवनमा सँधै गोप्य राख्नुस् ।
— एजेन्सी
