ज्योति रेमिटकाे प्रमुख भुक्तानी साझेदारमा जीएमई रेमिट नियुक्त

माघ २, २०७६ | Investopaper

ज्योति विकास बैंक अन्तर्गतको ज्योति रेमिटको प्रमुख भुक्तानी साझेदारको रुपमा जीएमई रेमिट नियुक्त भ​एको छ​। रेमिट सेवालाई ग्राहकवर्गको लागि अझ सहज बनाउने हेतुको साथ ज्योति विकास बैंकले उक्त साझेदारी गरेको छ​।

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा जीएमई रेमिटको तर्फबाट जीएमई रेमिटका सिओओ प्रमोद सिंह बस्नेतले हस्ताक्षर गर्नुभएको हो।

यस सम्झौता पश्चात  ज्योति रेमिट बाट पठाइएको रकमलाई नेपालभरी जीएमईका कुनै पनि एजेन्ट बाट भुक्तानी लिन सकिनेछ। जीएमईको नेपालभर रहेका ७५०० भन्दा बढी भुक्तानी प्रतिनिधि तथा उपप्रतिनिधिहरु मार्फत ज्योति रेमिटको सेवा ग्राहकवर्गहरुले प्राप्त गर्नेछन्।हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३३ अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु.२८  अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *