ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्र बीच सम्झौता

इन्भेष्टोपेपर । श्रायण २७, २०७७

ज्योति विकास बैंक लिमिटेडले आफ्नो १२औं वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय आविष्कार केन्द्रसँग (न्यानो नानी) बेबी वार्मर सम्बन्धी परियोजनामा सहकार्य गर्ने घोषणा गरे बमोजिम सोमबार दुईसंस्था बीच सम्झौता पत्रमा हस्ताक्षर भएकोछ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा. महावीर पुनले हस्ताक्षर गर्नुभएको उक्त सम्झौता बमोजिम ज्योति विकास बैंकले १० वटा बेबी वार्मर बनाउनको लागि आवश्यक रु. ८लाख राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नेछ ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरले देशको विभिन्न स्थानहरुमा शिशुमृत्युदर समेत न्यूनीकरण गर्न योगदान पुर्याउने हुँदा बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग उक्त सम्झौता गरेकोहो।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ। हालसम्म बैंकले ३ लाखभन्दा बढि खाताबाट करिब रु. ३७ अर्ब निक्षेप संकलनगरी २० हजार भन्दाबढि ऋणीलाई करिब रु. ३१अर्व लगानी गर्न सफल भएकोछ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *