डेंगु रोक्न सेना र प्रहरी सहित सबै पक्षकाे सहयाेग आवश्यक

Investopaper, भाद्र १३, २०७६

काठमाडौं — डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ । यो रोग फैलाउने लामुखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो ।

चितवनमा नै वर्षदेघि डेंगुले महामारीको रुप लिँदा सेना र प्रहरीलाई संयुक्त रुपमा परिचालन गरिएको थियो । मन्त्रालयको स्वाथ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले २०७६ सालमा चितवनमा डेंगु नियन्त्रण गर्न पहिलोपटक सेना प्रहरीको सहयोग लिएको सुनाए ।

उनले भने,‘१०० जना सेना र २० जना प्रहरीको सहयोग लिएको पहिलो अनुभव छ, भारतको दिल्ली र ब्राजिलमा फैलिएको डेंगु नियन्त्रण गर्न सेना परिचालन गरिएको उदाहरण छ ।’ हाम्रोमा पनि ठाउँ र परिस्थिती हेरी सेना र प्रहरी परिचालन गर्नुपर्ने धारणा उनले व्यक्त गरे ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबै पक्ष लागेर डेंगु नियन्त्रण गर्नुपर्ने बताएका छन्। ‘स्वास्थ्यकर्मीका साथै आवश्यक परे सेना, प्रहरी पनि लागेर डेंगु नियन्त्रण गरौं’, मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री यादवले भने, ‘जो जहाँ छौं सबै मिलेर डेंगुलाई परास्त गरौं।’

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ४२ जिल्लामा डेंगुको संक्रमण देखिएको छ। यही रोगबाट एक जनाको ज्यान गएको छ। ४ हजार ९ सय ६२ जना डेंगुबाट संक्रमित भएको महाशाखाले जनाएको छ। संक्रमितमध्ये सबैभन्दा धेरै सुनसरी जिल्लाका छन्। काठमाडौंमा पनि २१ जना उपचाररत रहेको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले बताए।

यो समाचार अन्नपूर्ण पोष्ट्मा दिनेश गौतमले लेखेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *