थाइल्याण्डमा चार जना भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध

इन्भेष्टाेपेपर । असाैज २९, २०७७ 

काठमाण्डौ । थाइल्याण्डमा चार जना भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाइएको छ । सरकार विरोधी आन्दोलन चर्किन थालेपछि थाइ सरकारले सर्वसाधारणलाई भेला हुन रोक लगाएको हो । विभिन्न सुधारका माग राखेर विद्यार्थीहरुको नेतृत्वमा गत जुलाइबाट सुरु भएको आन्दोलन दवाउन सरकारले सर्वसाधारणलाइृ भेला हुन प्रतिबन्ध लगाएको हो ।

सरकार विरोधी प्रदर्शनमा सहभागीहरुको संख्या दिनहुँ बढ्दै गएपछि थाइ सरकारले विभिन्न मानवअधिकारवादीहलाई समेत नियन्त्रणमा लिएको आन्दोलनकारीको आरोप छ । शान्ति सुव्यवस्था कायम गर्न भन्दै प्रशासनले भने प्रदर्शनमा कडाइ गर्दै आएको छ ।

आन्दोलनकारीहरुले राजाको शक्ति कटौती गर्नुपर्ने र प्रधानमन्त्री प्रुथ चान ओचाले राजीनामा दिनुपर्ने माग गरेका छन् । उनीहरुले प्रधानमन्त्री कार्यालय नजिकै अस्थायी शिविर खडा गरेर दिनहुँ विरोध प्रदर्शन गरीरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

थाइल्याण्डमा लामो समयदेखिका राजनीतिक अस्थिरताका कारण सर्वसाधारण आन्दोलित भएका हुन् । गत फेब्रुअरीमा भर्खरै गठन भएको प्रजातन्त्र समर्थक विपक्षी दललाई विघटन गर्न अदालतले आदेश दिएसँगै आन्दोलन थप चर्किएको हो । एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *