नारायणघाट–बुटवल सडक समयमै पूरा हुन्छ : प्रधानमन्त्री ओली

न्भेष्टाेपेपर ।  वैशाख ६, २०८२

नवलपुर (नवलपरासी) । प्रधानमन्त्री केपी शर्मा ओलीले चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक समयमै पूरा हुने बताउनुभएकाे छ ।

उक्त सडकको गैँडाकोट खण्डको शुक्रवार निरीक्षण गर्दै प्रधानमन्त्री ओलीले अब निर्माण कार्यमा कुनै ढिलाइ गर्न नहुने बताउनुभएकाे हाे ।

सडक निरीक्षणकै क्रममा उहाँले निर्माणमा संलग्न ‘चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसन लिमिटेड’का प्रतिनिधिसँग समेत सडकको प्रगतिबारे जानकारी लिनुभयाे ।

प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्मासमेत सहभागी हुनुहुन्थ्याे । देशकै प्रमुख राजमार्ग निर्माणमा ढिलाइ हुँदा जनताले दुःख पाएको उल्लेख गर्दै उहाँले चाँडो निर्माण सम्पन्न गर्न समेत निर्देशन दिनुभयाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *