निःशुल्क लकर सेवा सहित कामना सेवा विकास बैंकको शाखा चपली बुढानिलकण्ठमा

Investopaper, पौष ६, २०७६

काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौ जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं ०२ स्थित चपली बुढानिलकण्ठमा यही पौष ६ गते आफ्नो १०९औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभएको थियो । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक,कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

यस शाखा उद्धघाटनको प्रमुख अथितिको रुपमा पर्यटन मंन्त्री योगेश भट्टराइलाई निमन्त्रना गरिएको मा कारणबस उहाँ उपस्थित हुनसक्नु भएन।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पार्नुभएको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

“चपली शाखामा वैँकका ग्राहकहुरलाई मध्यनजर गरि नयाँ सुविधा दिन खातिर १ वर्ष सम्म निःशुल्क लकर सेवा प्रदान गरिने छ” वैँकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जनाउँनु भयो।

वैँकका अध्क्षय श्री सुदिप आचार्य ज्यूले वौँकको भावि योजनाको बारेमा बताउँनु भयो ” यस आर्थिक वर्ष भित्र वैँकको पहुच सरल तरिकाले जनता माझ उच्च स्तरको सेवा पुराउने लक्ष्य सहित १२५ वटा शाखा विस्तार गर्ने योजना रहेको छ। साथै उपउक्त सस्थासंग मर्जर तथा प्राप्ती गर्नसकिने छ।”

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०९ वटा शाखा तथा ५८ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले Locker Sewa, ABBS, SMS Banking, Mobile Banking, C-ASBA माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *