नेपाली साइबर सेक्यूरिटी संस्था (सिएसराआई) क्याम्पकाे सदस्यमा निर्वाचित

इन्भेष्टाेपेपर । कार्तिक ०४, २०७७

साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प) को पाँचौँ वार्षिक बैठकबाट सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालको तर्फबाट सदस्यमा निर्वाचित भएको छ ।

क्याम्पको मुख्यालय सोल, दक्षिण कोरियामा सेप्टेम्बर १४ – २०, २०२० मा आयोजना भएको साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प) को पाँचौँ वार्षिक बैठकबाट सिएसराआई सदस्यमा निर्वाचित भएको हो।

साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प) ले आफ्नो अक्टोबर २०२० को आधिकारिक क्याम्प न्यूजलेटर नं. १९ सार्वजनिक गर्दै सिएसराआई सदस्यमा निर्वाचित भएको जानकारी दिएको हो ।
सो आधिकारिक क्याम्प न्यूजलेटरमा उल्लेख भए अनुसार सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाललाई नयाँ सदस्यमा स्वागत गरिएको छ ।

यसअघि नेपालका तर्फबाट नेपाल सरकारका निकायहरु राष्ट्रिय सूचना प्रविधि केन्द्र र राष्ट्रिय अनुसन्धान विभाग मात्र सदस्य रहेका थिए ।

साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प)को सदस्यमा हाल ४६ वटा देशहरुको ६१ वटा सरकारी, सार्वजनिक निकाय तथा मूनाफा रहित संगठित संस्थाहरु सदस्य रहेका छन् ।

उक्त पाँचौँ वार्षिक बैठकमा सिएसराआईका उपाध्यक्ष श्री मिलन राज नेपाली अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा सदस्य प्राप्तका लागि सिएसराआईको तर्फबाट नेतृत्व गर्नुभएको थियो । साथै, सिएसराआईका महासचिव ई. शालीग्राम पराजुलीले समेत विशेष प्रतिनिधित्व गर्नुभएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *