नेपाल बैंकर्स संघको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

Investopaper, पौष २०, २०७६ 

नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूकाे संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमितिले पुस १९ गते पदभार ग्रहण गरेको छ। गत मंसिर १९ गते भएकाे वार्षिक साधारण सभाले सानिमा बैंकको सीईओ भुवन दाहालको नेतुत्वमा नयाँ कार्यसमितिकाे चयन भएकाे थियाे ।

कैंकर्स संघको उपध्याक्षमा नेपाल एसबीआई बैंकका सीईओ अनुकुल भटनागर छानिएका थिए भने अन्य सदश्यहरूमा सिभिल बैंकका सीईओ गोविन्द गुरुङ्ग, नेपाल क्रेडिट एण्ड कमर्श बैंकका सीईओ रमेशराज अर्याल, माछापुच्छ्रे बैंकका सीईओ सुमन शर्मा, एनएमबि बैंकका सीईओ सुनिल केसी, नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी, मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली, सनराइज बैंकका सीईओ जनक शर्मा पौड्याल चयन भएका थिए।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *