पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षा
इन्भेष्टोपेपर । बैशाख ९, २०७८
काठमाडौं । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेने महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलो समेत लाग्ने महाशाखाले जनाएको छ।
राती देशभर पहाडी भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार दिउँसो देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।
राती देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आँशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आँशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन / चट्टयाङ्ग र हावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार बिहान देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश , सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन / चट्टयाङ्ग र हावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।
राति देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन / चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।
