पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढ्याे

इन्भेष्टाेपेपर । माघ २९ २०७७

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजेल/मट्टीतेलमा २ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य बढाएको हो ।

मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल/मट्टीतेलको मूल्य ९५ रुपैयाँ पुगेको भने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १४ सय रुपैयाँ तोकिएको छ ।

हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको निगमको भनाइ छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *