प्रहरीको ‘मास्क खोइ’ अभियान सुरु

इन्भेष्टोपेपर । बैशाख १४, २०७

काठमाडौं —  नेपाल प्रहरीले ‘मास्क खोइ’ अभियान शुरु गरेको छ । विश्वमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस नेपालमा समेत दिनानुदिन फैलिँदै गएपछि महानगरीय प्रहरी प्रभाग एवम् ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आज संयुक्त रुपमा कलङ्कीको मुख्य सडकमा ‘मास्क खोइ’ अभियान शुरु गरेका हुन् । 

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले उपत्यका बाहिरिने तथा प्रवेश गर्ने सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई सुरक्षित भएर यात्रा गर्नका लागि उक्त अभियान सञ्चालन गरेको जानकारी दिए । 

प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई कलङ्की चोकको होल्डिङ सेन्टरमा दुई घण्टा राखेर सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छोडिएको छ ।  कलङ्की चोक वरपर मास्क नलगाई हिँड्ने २१ व्यक्तिलाई पक्राउ गरी दुई घण्टा होल्डिङ सेन्टरमा राखेर छोडिएको महानगरीय प्रहरी प्रमुख, प्रहरी निरीक्षक मिठु खड्काले बताइन् । प्रहरीले चन्द्रागिरिको मुख्य राजमार्ग र कलङ्की क्षेत्रमा उक्त अभियान सञ्चालन गर्ने जनाएको छ ।

यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौँले सोमबार बिहान मास्क नलगाई हिँड्ने एक हजार ३२५ व्यक्तिलाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ छाडेको छ । प्रहरीले विश्वमा फैलँदै गएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ महामारीलाई ध्यानमा राखेर एक हजार तीन पुरुष र ३२२ महिलाई पक्राउ गरेर सम्झाइबुझाइ छाडिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *