“फर्किन मेरी आमा” नामक गीति एल्वमकाे प्रधानमन्त्रीद्वारा विमाेचन
इन्भेष्टाेपेपर । कार्तिक २१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले “फर्किन मेरी आमा” नामक गीति एल्बमकाे विमाेचन गर्नु भएकाे छ । यस गीतका रचनाकार प्रेमनाथ अधिकारी हुनुहुन्छ भने मिठाे स्वरकी धनी दुर्गा परियारले स्वर दिनु भएकाे छ ।
यस गीतकाे संगीतकार अशाेक लाेहाेरुङ राइ हुनुहुन्छ भने संगीत संयाेजन पनि उहाँकै रहेकाे छ । शव्द, संगीत र सुरिलाे स्वरकाे संयाेजन रहेकाे यस गीतले संगीत जगतमा एक इट्टा थप्ने काम गरेकाे छ ।
गीतमा टाढा भञ्ज्यांग परिबाट आमाकाे शिर देखियाे यही प्यारी आमामाथि छिमेकीहरूले आँखा लगाएकाे कुरा दर्साइएकाे छ । देश सानाे भएपनि हाम्रा पाखुरीमा तागतिलाे रगत बगिरहेकाे हुनाले र हाम्राे एकताले सबै प्रकारका बाधा ब्यवधान पार लाग्ने कुरा गीतकाे भाव रहेकाे छ ।
