बषौदेखि आगो बलिरहेको अचम्मको झरना
इन्भेष्टाेपेपर । कार्तिक २५, २०७७
यो संसार धेरै रहस्यमयी चिजहरु छन् । केही पत्ता लागेका छन् केही बाँकी । सुन्दा र देख्दा नै अचम्म लाग्ने घटनाले मानिसहरुलाई चकित तुल्याउँछ ।
यस्तै एउटा अचम्को झरना छ जहाँ आगो निरन्तर बलिरहन्छ । एउटा रहस्यमय ढुङ्गाको माथिबाट लगातार झरना बगिरहन्छ तैपनि झरनाको ठिक तल कयौँ वर्षदेखि आगो बलिरहेको छ ।
यो झरना न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्क (Chestnut Ridge Park) मा पर्छ । जसलाई आजभोलि एटरनल फ्लेम (Eternal Flame) भनिन्छ । यो झरनाको विशेषता भनेको यहाँ वर्ष भरि पानी बगिरहन्छ र यसको ठ्याक्कै तल आगो बलिरहन्छ ।
स्थानीयहरुले यसलाई दैवी चमत्कार मान्छन् । उनीहरुको मान्यता के छ भने यो आगो उतिखेर निभ्ने छ जब धर्तिमा महाप्रलय आउनेछ । यो आगोलाई हेर्न मानिसहरु टाढा टाढाबाट आउने गर्छन् । यो आगोको बारेमा भारतको एउटा विश्वविद्यालयका वैज्ञानिकहरुले एक अनुसन्धान पनि गरेको छ ।
खोजपछि वैज्ञानिकहरुले ढुङ्गाको भित्रिबाट मिथेन ग्यास निस्कने दावी गरेका छन् । सोही कारण आगो निरन्तर बलेको हुनुपर्छ । (एजेन्सी)
