बिहान खालीपेट लिची खानु सबैका लागि हानिकारक, ज्यानै जान सक्छ !

Investopaper,   असार ०३, २०७६ 

बिषालु लिचीका कारण ३९ बालवालिकाकाे मृत्युकाे समाचार भर्खरै प्रकाशित भएकाे छ । भारतको बिहारमा पछिल्लो दुई दशकदेखि अज्ञात रोगका कारण बर्सेनि एक सयभन्दा बढी बालबालिकाको मृत्यु हुँदै आएको थियो । दिउँसोभरि खेलिरहेका, रमाइरहेका बालबालिका राति अकस्मात छलपटाएर ढल्ने गर्दथे।

स्वस्थ बालबालिकाको एक्कासी हुने निधनले चिकित्सकसमेत अमलममा परेका थिए। के कारणले बच्चाको मृत्यु भएको हो भन्ने कुरा रहस्यमै थियो। तर, एउटा गहन खोजले ती बालबालिकाको मृत्युको कारण पत्ता लगाएको छ ।

अमेरिकी र भारतीय चिकित्सकहरु सम्मिलित अनुसन्धान टोलीले ती बालबालिकाको मृत्युको कारण सबैले मन पराउने फल लिचीलाई मानेको छ। अनुसन्धान प्रतिवेदनले खुलासा गरेको छ की विषादी भएर मात्र हैन खालि पेटमा बच्चाहरुले खाने गरेको लिची नै उनीहरुको मृत्युको कारण हो। खासगरी लिची फल्ने महिना मेदेखि जुलाईसम्ममा ती बालबालिकाको मृत्यु हुने गरेको थियो।

दुई दशकदेखि बिहार मुजफ्फरपुर क्षेत्रका बालबालिकामा देखिएको रातिको समयमा अकस्मात ढलेर बेहोस हुने र कतिपयको मृत्यु हुने क्रम अझै पनि अन्त्य भने भएको छैन। तथापि सन् २०१४ मा गरिएको अनुसन्धानपछि भने मृत्युको घटनामा कमी आएको छ।

मेडिकल जर्नल दि ल्यानसेटमा प्रकाशित अनुसन्धान अनुसार ती बालबालिका खालि पेटमा लिची खाएकै कारण ढल्ने गरेका थिए। लिचीमा पाइने विषलू तत्व हाइपोग्लिसिन त्यसको मुख्य कारक थियो। मुजफ्फरपुर लिची उत्पादनका लागि प्रख्यात ठाउँ हो, त्यहाँका बालबालिकाले खालि पेटमा बगैँचामा झरेका चिली खाने गरेको र त्यसले रातिको समयमा उनीहरुलाई समस्या पार्ने गरेको जर्नलमा लेखिएको छ।

लिचीमा पाइने विषालु पर्दाथ हाइपोग्लिसिनले शरीरमा ग्लुकोज उत्पादन गर्ने क्षमतालाई रोकिदिन्छ। अभावका कारण गरिब क्षेत्रका ती बालबालिकाले बिहानदेखि दिउँसोभरि लिची खाएर बेलुका खाना नखाने गरेको अध्ययनले देखाएको छ। बेलुकीको खाना नखाने हुँदा ब्लड सुगरको तह न्यून हुने बालबालिका ग्लुकोजको कमीका कारण बेहोस हुन्थे। जसका कारण उनीहरुको दिमाग सुन्निएको हुन्थ्यो।

सन् २०१४ को मेदेखि जुलाईसम्म मुजफ्फरपुर अस्पतालमा भर्ना भएका बालबालिकाको परीक्षण गर्दा उनीहरुको दिमाग सुन्निएको पाइएको थियो। लिचीमा हुने हाइपोग्लिसिन नामक विषालू पर्दाथ नै यसको मुख्य कारण थियो।

अहिले बिहारका स्वास्थ्य अधिकारीहरुले गरिब क्षेत्रका बालबालिकालाई अनिवार्य रुपमा रातको खाना खुवाउन र लिचीको मात्रा घटाउन भनेका छन्। चिकित्सकहरुले बच्चामा त्यस्ता लक्षण देखिए लो ब्लड सुगरको तत्कालै उपचार गर्न सुझाब दिइएका छन्।

यो अनुसन्धानपछि बिहारको ग्रामीण क्षेत्रमा बिरामी बच्चाको संख्या आधाभन्दा बढीले घटेको ‘न्युयोर्क टाइम्स’ले जनाएको छ। यसैले बिहानको समय लिची खानू सबैका लागि हानिकारक हो । यसमा भएको तत्व नै खालिपेटमा विषादी बन्छ र ज्यान लिनसक्छ ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *