भारतकाे अप्रत्यासित हारः न्यूजिल्याण्ड विश्वकपको फाइनलमा

Investopaper, असार २५, २०७६

लिग चरणकाे अंक तालिकाको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको भारतलाई १८ रनले पराजित गरी न्यूजिल्यान्ड एकदिवशीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ । यसैगरी दुइपटककाे च्याम्पियन भारत अप्रत्यासितरूपले सेमिफाइनलबाटै घर फर्किएकाे छ ।

विश्व कप क्रिकेट प्रतियाेगिताकाे उपाधिका लागि न्यूजिल्यान्डले इंग्ल्यान्ड र अस्ट्रेलियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार खेल्नेछ ।

म्यान्चेस्टरको ओल्ड ट्राफोड मैदानमा २ सय ४० रनको लक्ष्य पछ्याएको भारतको शीर्ष क्रम ध्वस्त हुँदा इनिङ्सको ३ बल बाँकी छँदै २ सय २१ रनमा अलआउट भयो।

पछिल्लो खेलमा सतक प्रहार गरेका भारतीय ओपनरहरु लोकेस राहुल र रोहित शर्मा समान १ रनमै आउट भएका थिए। कप्तान विराट कोहलीले पनि १ रनमात्र बनाउन सके। दिनेश कार्तिक ६ रन बनाएर आउट हुँदा १० ओभरमा भारत २४–४ को स्थितिमा पुगिसकेको थियो।

ऋषभ पन्त र हार्दीक पन्ड्याले ४७ रनको साझेदारी गरी भारतकाे खातामा केही रन जाेडे पनि दुवै खेलाडीले समान ३२ रन भन्दा बढी याेगदान दिन सकेनन । ३०.३ ओभरमा पन्ड्या आउट हुंदा भारत ९२–६ को दयनीय अवस्थामा पुगेको थियो।

सातौं विकेटका लागि पूर्व कप्तान महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले १ सय १६ रनको साझेदारी गरी भारतलाई जितको आशा देखाएका थिए। ७७ रन बनाएका रविन्द्र जडेजा बाहिरिएकाे अर्काे अाेभरमा महेन्द्रसिह धाेनी पनि रन अाउट भएपछि भारत संकटमा परेकाे हाे ।

अन्तिम क्रमका ३ ब्याट्सम्यान सस्तैमा आउट भए । न्यूजिल्यान्डका म्याट हेनरीले शीर्ष क्रमका ३ ब्याट्सम्यानलाई आउट गरेपछि भारत २४० रनकाे मध्यम लक्ष्य पछ्याउन असमर्थ रहेको हो। यसै गरी ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २–२ विकेट लिए ।

न्यूजिल्याण्डलाइ सस्तैमा समेटने क्रममा भारतका भुवनेश्वर कुमारले तीन विकेट लिएका थिए । न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *