भारतीय दुतावास अगाडी विद्यार्थीहरुले भारतको नक्सा जलाए

Investopaper, कार्तिक २२, २०७६

नेपालको लिपुलेक, कालापानी लगायतको भुमि मिचेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपालभर विरोध भइरहेको छ । विद्यार्थी संगठनहरू अनेरास्ववियू तथा नेवि संघ लगायत अन्य युवाहरुले लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले भारतले जारी गरेको नयाँ नक्सा जलाएका छन् ।

सत्तापक्ष र विपक्ष नभनि सम्पुर्ण राजनीतिक दलहरुले राष्ट्रिय सहमति गरेका छन् । भारतीय नक्सा नेपाल सरकारले अस्वीकार गरिसकेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै निकालेर असहमति जनाइसकेकाे छ । यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि विरोध जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदुत मञ्जिब सिंह पुरीलाई फोन गरेर कालापानी, लिपुलेक नेपालको भएको भन्दै स्पष्ट पार्नुभएको छ । सत्तारूढदल सहित सबैकाे अाधिकारिक धारणा आाइसकेकाे छ तथापी केही मधेशवादी दलहरूकाे अाधिकारिक धारणा अाउन बाँकि रहेकाे छ ।

नेपालमा बढ्दो विरोधपछि भारतले आफुहरुले नक्सामा देखाएको भुभाग नेपालको नभई भारतको भएको बताइसकेको छ । वीवीसी लगायतका विश्वव्यापी संचार माध्यमहरूमा याे मुद्दा छाएकाे छ भने भारतीय विदेश मन्त्रालयका प्रवत्ता रवीश कुमारका अनुसार कालापानी, लिपुलेकलाई भारतले वर्षौ देखि आफ्नो मान्दै आएको अभिव्यक्ति दिएका छन । याे कुनै नाैलाे र नयाँ कुरा नभएकाे उनकाे भनाइ रहेकाे छ ।

यस्तै, देशका विभिन्न क्षेत्रमा भारतीय यस कदमको खुलेरै विरोध भइरहेको छ । भारतकाे हेपाहा प्रवृति र एकातर्फीरूपमा नेपाली भूभागलाइ समेटेर निकालिएकाे नक्सा मान्य नभएकाे हुँदा नक्सा सच्याउनकाे लागि सरकारले आाग्रह गरिसकेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *