मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड ग्राहकलाई २५% सम्म छुट
इन्भेष्टोपेपर । चैत्र ०५, २०७६
मुक्तिनाथ विकास बैंक लि.को प्रदेश–५ अन्तर्गत दाङ्ग, र्बिर्दया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्मालय ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौताहरुमा हस्ताक्षर भएको छ । सम्झौताहरु अनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई विशेष छुट प्राप्त हुनेछ ।
छुट प्राप्त गर्न सकिने स्थानहरुः
| क्र.स | नाम | ठेगाना | छुट |
| १ | भिङग्रेली भिलेज रिसोर्ट | घोराही, दाङ्ग | सम्पूर्ण सेवामा १०% |
| २ | पार्क फुड क्याफे एण्ड लज प्रा.लि | तुल्सीपुर, दाङ्ग | सम्पूर्ण सेवामा १०% |
| ३ | डिलाईट कर्नर, द फेमिलि रेष्टुरेन्ट प्रा.लि. | तुल्सीपुर, दाङ्ग | सम्पूर्ण सेवामा १०% |
| ४ | कृष्णसार रिसोर्ट प्रा.लि | गुलरीया, बर्दिया | खाना तथा पेय पदार्थमा २०% |
| ५ | ग्रीन पिस माध्यमिक विद्मालय | कोहलपुर, बाँके | भर्ना शुल्कमा २५% |
यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, निःशुल्क डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सुचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले बताउनु भएको छ ।
