यूरो २०२० को छनाैट खेलको अहिले सम्मको नतिजा हेर्नुहोस्।
यूरो २०२० को छनाैट खेलहरु अघिल्लो हप्ताबाट सुरु भएको छ। १० वटा ग्रुपमा जम्मा ५५ वटा देशहरु बाँडिएका छन्। यी मध्य प्रत्येक ग्रुपबाट २ वटा शीर्ष टीमले २०२० को यूरो फाइनलमा ठाउँ पाउँने छन्।
१० वटा ग्रुपहरुमा वर्ल्डकप सेमिफाइनलिस्ट इंगल्याण्ड ग्रुप ए मा छ। इंगल्याण्डले आफ्नो दुवै खेल जितेर ग्रुप ए मा पहिलो स्थान लिएको छ। यसैगरी बुल्गेरिया दोस्रो स्थानमा छ भने चेक रिपब्लिक अन्तिम स्थानमा छ।
ग्रप बी मा भने पूर्व बिजेता पोर्चुगल दुई खेलबाट २ अंक बटुली तेस्रो स्थानमा छ। युक्रेन र लकजमबर्ग क्रमश दुई खेलबाट ४ र ३ अंक हात पारि पहिलो र दोस्रो स्थानमा छन्।
जर्मनी, नेदरल्याण्ड र उत्तरी आयरल्याण्ड रहेको ग्रुप सी को शीर्ष स्थानमा २ खेलबाट ६ अंक बोकेको आयरल्याण्ड छ। १ खेल जितेको र जर्मनी संग १ खेल हारेको नेदरल्याण्ड दोस्रो स्थानमा छ। १ खेल मात्र खेलेको जर्मनि तेस्रो स्थानमा छ।
स्वीट्जरल्यान्ड, डेनमार्क र आयरल्याण्ड रहेको ग्रुप डी मा स्वीट्जरल्यान्ड र आयरल्याण्डको समान तीन अंक छ। डेनमार्कले भने कुने खेल खेलेको छैन। ग्रुप ई मा स्लोभाकिया, वेल्स र क्रोएसियाको समान तीन अंक छ। तर वेल्सले मात्र १ खेल खेलेको छ भने अरुले २ खेल खेलेका छन्।
ग्रुप एफमा भने माल्टा, स्पेन र स्वीडेनले समान १ खेल जितेका छन्। यो ग्रुपमा नर्वे, रोमानिया र फरोह आइल्याण्ड पनि सामेल छन्। यसैगरी ग्रुप जी मा पोल्यान्ड आफ्नो दुबै खेल जितेर ६ अंक सहित शीर्ष स्थानमा छ भने इजराइल र मासेडोनिया ४ अंक सहित दोस्रो र तेस्रो स्थानमा छन्।
ग्रुप एच मा फ्रान्स र टर्किले दुवै खेल जित्दै ६ अंक बटुलेका छन्। अलबानिया र आइसल्याण्ड भने समान ३ अंकका साथ तेस्रो र चाैथो स्थानमा छन्। ग्रुप आई मा बेल्जियम २ खेलमा ६ अंक बटुलेर अगाडि छ भने साइप्रस, रसिया, काजिकस्थान, स्कटल्याण्डको समान तीन अंक छ। अन्तिम ग्रुप जे मा भने ग्रीस, इटाली र बोसनिया को बराबर ३ अंक छ। यो हप्ताका सबै नतिजाहरु र हुन बाँकी खेलहरु तल हेर्नुस्।





