राष्ट्रपति भण्डारी म्यान्मारकाे राजकीय भ्रमणपश्च्यात जापानी सम्राटकाे निम्तामा जापान जाँदै
Investopaper, कार्तिक ०३, २०७६
राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गर्दै हुनुहुन्छ ।
जापानी सम्राट नोरुहितोको निम्ताेमा राष्ट्रपति भण्डारी जापान जान लाग्नु भएकाे हाे । जापानी सम्राटकाे राज्याभिषेकमा सहभागी हुने कार्यक्रम रहेकाे राष्ट्रपतिकाे कार्यालय श्राेतले जनाएकाे छ ।
थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ भने
कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम रहेकाे छ ।
