रूपैयाँ छर्ने महिलाको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’

इन्भेष्टोपेपर । वैशाख ०८, २०७७

धनुषा – जनकपुरधाम उपमहानगरपालिका ५ मा रूपैयाँ छरेर कोरोना भाइरस .(कोभिड १९) को सङ्क्रमण गराउन खोजेको आरोपमा पक्राउ गरिएका महिलाको स्वाब परीक्षण परिणाम ‘नेगेटिभ’ देखिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा महिलाको स्वाबको पीसीआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।

प्रदेश प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहका अनुसार शनिबार तीव्र प्रविधिबाट परीक्षण गर्दा एक महिलाको नतिजा ‘पोजेटिभ’ आएकोमा शनिबार ती महिलाको घाँटीको स्वाबलाई पीसीआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको छ । अर्की महिलाको भने शनिबार नै परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । उनीहरू नाताले नन्द भाउजु हुन् । 
    
गएको वैशाख ५ गते १२ः३० बजे वडा नम्बर ५ को महावीर चोकमा रूपैयाँ छरेर फरार भएको सूचनाका आधारमा सीसीटीभीको फुटेजका माध्यमले दुई महिलाको पहिचान गरी शनिबार प्रहरीले नियन्त्रणमा लिइ स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पतालमा पठाएको थियो ।

प्रहरीले रूपैयाँ छरेर फरार भएको आरोपमा धनुषा जिल्ला धनौजी गाउँपालिका ५ बहुअर्वाकी ५० वर्षीया अमुना खातुन र उनका नन्द जनकपुरधाम उपमहागरपालिका ७ की ३५ वर्षीया अलिना खातुनलाई नियन्त्रणमा लिएको थियो ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *