वन कार्यालयका प्रमुख पक्राउ

माघ ८, २०७६ | Investopaper

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुस लिएको अभियोगमा रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई पक्राउ गरेको छ ।

वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग रु पाँच हजार घुस लिँदै गर्दा कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *