वाणिज्य बैंकहरू द्वारा धमाधम प्रादेशिक कार्यालय स्थापना
Investopaper, Jan 15, 2019
काठमाण्डाैः मुलुकमा संघिय शासन पद्धति कायम भएपछि प्रादेशिक संरचनाहरू पनि धमाधम तयार हुदै छन । सरकारी निकायहरूले प्रादेशिक अवधारणा अनुरूप सांगठनिक ढांचा तयार गरि कर्मचारीहरू पनि साेही मुताविक व्यवस्थापन गरिरहेका छन ।
यसै परिप्रेक्षमा ४ वटा वाणिज्य बैंकहरू जनता बैंक लि., सेन्चुरी कमर्शियल बैंक लि., नेपाल इन्भेष्टमेन्ट बैंक लि. र नेपाल बग्लादेश बैंक लि. ले पनि एकसाथ प्रादेशिक कार्यालय स्थापना गरी संचालनमा ल्याएका छन । यी कार्यालयहरूले अाफू अन्तर्गतका कार्यालयहरूकाे अनुगमन निरीक्षण गर्ने छन भने व्यवसाय वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने जनाएका छन ।
प्रदेश सरकार संग समन्वयन गरी सवै जनतालाइ छिटाेछरिताे र प्रभावकारी सेवा प्रदान गर्न सकिने जनाएका छन । प्रादेशिक कार्यालयहरू निम्न स्थानमा स्थापना गरिएकाे सम्वन्धित बैंकहरूले जनाएका छन ।
जनता बैंक लि. ले प्रदेश नं. १ काे विराटनगरमा, प्रदेश नं. २ काे जनकपुरमा, प्रदेश नं. ३ काे हेटाैडामा, गण्डकी प्रदेशकाे पाेखरामा, प्रदेश नं. ५ काे बुटवलमा, कर्णाली प्रदेशकाे सुर्खेतमा र सुदुरपश्चिम प्रदेशकाे धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरेकाे छ ।
सुन्चुरी कमर्शियल बैंकले भने ३ वटा प्रादेशिक कार्यालय खाेलेकाे छ । प्रदेश नं. १ काे विराटनगरमा, प्रदेश नं. ३ काे ललितपुरमा र प्रदेश नं. ५ काे भैरहवामा कार्यालय स्थापना गरेकाे छ ।
त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंक लि. ले प्रदेश नं. १ काे विराटनगरमा, प्रदेश नं. २ काे वीरगंजमा, प्रदेश नं. ३ काे काठमाण्डाैमा, गण्डकी प्रदेशकाे पाेखरामा, प्रदेश नं. ५ काे भैरहवामा, कर्णाली प्रदेशकाे सुर्खेतमा र सुदुरपश्चिम प्रदेशकाे धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरेकाे छ ।
नेपाल बग्लादेश बैंक लि. ले प्रदेश नं. १ काे विराटनगरमा, प्रदेश नं. २ काे बर्दिवासमा, प्रदेश नं. ३ काे काठमाण्डाैमा, गण्डकी प्रदेशकाे पाेखरामा, प्रदेश नं. ५ काे नेपालगंजमा, कर्णाली प्रदेशकाे सुर्खेतमा र सुदुरपश्चिम प्रदेशकाे धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरेकाे छ ।
सनराइज बैंकले यसअघि नै एकसाथ प्रादेशिक कार्यालय स्थापना गरिसकेकाे छ ।
