विश्वकप फुटवलः क्रोएसिया र ब्राजिल क्वार्टरफाइनलमा

इन्भेष्टाेपेपर ।  मंसिर २०, २०७९

काठमाण्डाैँ । हिजाे राती र आज विहान भएकाे विश्वकप फुटवल खेलमा क्रोएसिया र ब्राजिल क्वार्टरफाइनलमा प्रबेश गरेका छन् ।

साविक उपविजेता क्रोएसिया अल जानोब स्टेडियममा सोमबार राति भएको  प्रिक्वार्टरफाइनल  खेलमा जापानलाई टाइब्रेकरमा ३-१ गोलले हराएर क्वाटरफाइनलमा प्रबेश गरेकाे हाे ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा समेत दुवै टोलीबाट थप गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

यसैगरि दक्षिण काेरियालाइ ४ – १ काे फराकिलाे गाेल अन्तरले हराउँदै ब्राजिल कतारमा जारी २२औं विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवातदेखिनै आक्रामक खेल प्रदर्शन गरेको ब्राजिलले चारवटै गोल पहिलो हाफमा गरेको थियो । ब्राजिलको जितमा भिनिसियस जुनियर, कप्तान नेयमार, रिर्चालिसन र लुकास पाक्वेटाले गोल गर्नुभयो । दक्षिण कोरियाका पार्क सेउङ हो ले सान्त्वना गोल फर्काउनुभयो । 

दक्षिण कोरियाको हारसँगै जारी विश्वकपका एसियाली टोलीको यात्रा सकिएको छ । आयोजक कतारसहित एसियाका ६ टोलीको सहभागिता रहेको यस विश्वकपमा कतार, साउदी अरव र इरान समूह चरणबाटै बाहिरिएका थिए भने ग्रुप चरणकाे खेल जितेका अष्ट्रेलिया र जापान यस अघिनै अर्जेन्टिना तथा क्राेएसियासंग हारिसकेका थिए ।

सर्वाधिक पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिलले अब क्वार्टरफाइनलमा साविक उपविजेता क्रोएसियाको सामना गर्नेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *