वैदेशिक रोजगारीमा जाने घटे

इन्भेष्टोपेपर । चैत्र ३१, २०७७

पछिल्लो समय कोरोनाको कारण वैदेशिक रोजगारीमा जाने संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने बढिरहेको देखिएको छ । गत आ.व को आठ महिनाको तुलनामा यस आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार आठ महिनाको अवधिमा छ खर्व ४२ अर्व भन्दा बढी रेमिट्यान्स आप्रवाह भएको छ ।

अघिल्लो आ.वमा पाँच खर्व ९१ अर्व रेमिटयान्स भित्रिएको थियो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्याङक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७४.८ प्रतिशत गिरावट देखिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *