शेयरकाे भारित औसत मूल्यः ल्याप्चे लगाउन नपरेपनि डिजिटल स्वघाेषणा गर्नुपर्ने

Investopaper, भाद्र १७, २०७६

हिजाे भाद्र १६ गते सिडियस एण्ड क्लियरिङ लिमिटेडले प्रेश विज्ञप्ति मार्फत शेयरकाे भारित
औसत मूल्य गणना विधि सफ्टवेयर मार्फत मिलान गर्न सकिने जनाएकाे छ । तर यसअघि ब्राेकरकाेमा गएर ल्याप्चे लगाउने सट्टा अनलाइन मार्फत गर्न सकिने सुविधा प्रदान भएपनि शेयर मूल्य अाफै प्रविष्टी गरेर साँचाे हाे भनि स्वघाेषणा भने गर्नु पर्नेछ ।

मेराे शेयर मार्फत हाल विकसित गरिएकाे प्रणालीमा पुग्नकाे लागि लिंक उपलव्ध गराइएकाे छ । लिंककाे साथसाथै भारित औसत गणना विधि काे सिलसिलेवार जानकारी पनि गराइएकाे छ ।

मेराे शेयरकाे ड्यास वाेर्डमा देखाइएकाे लिंक https://meroshare.cdsc.com.np:8443 मा क्लिक गरेर आफ्नो युजर आईडी र पासवर्ड हालेपछि भारित औसत गणना गर्ने सफ्टवेयर खुल्ने बनाइएकाे छ । यसैगरि भारित औसत गणना गर्ने तरिका भारित औसत गणना विधि हेर्नका लागि पनि अलग्गै लिङ्क उपलब्ध गराईएको छ। 

हिजाेकाे जस्तै जिम्मेवारीबाट पन्छिने काम याे सफ्टवेयर बनाउदा बडाे चलाखिपूर्ण तरिकाले भित्र्याइएकाे छ । शेयर डिम्याट पछि काराेबार नगरेका साना लगानीकर्ताले खरिद गरेकाे मूल्य हाल्नकाे लागि फेरी माथापच्चि गर्नु पर्नेछ । जाे संग कागजात छैन अनि प्रमाण जुटाउन सक्दैन, अंकित मूल्यमै काराेबार स्विकार्नु पर्ने देखिन्छ ।

बाेनस शेयर र राइट शेयरकाे बिषयमा पनि कुनै निकास निस्कन सकेकाे छैन । जब बाेनस शेयर दिएकाे मिति र कित्ता उल्लेख गरिएकाे छ भने समायाेजित मूल्य राख्न किन छुटाइयाे ? के सबै लगानीकर्ताले पाइपाइकाे हिसावकिताब राख्छन भन्ने अवधारणाबाट सफ्टवेयर गाइडेड छ ? भन्ने प्रश्न उव्जिएकाे छ ।

हुन त यसलाइ परिक्षणकाे रूपमा नै राखिएकाे छ, तथापि राख्न सकिने सूचकांकहरू पनि समाबेश नगर्नुले फेरी लगानीकर्तालाइ आवाज उठाउन बाध्य पार्ने त हैन ?


भारित औसत गणना विधि हेर्नका लागि लागि यहा क्लिक गर्नुहाेस ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *